एसियाली खेलकुद : साइक्लिङका सुरज र उषाले दूरी पूरा गरेनन्

नेपालभ्युज

एसियाली खेलकुद : साइक्लिङका सुरज र उषाले दूरी पूरा गरेनन्

काठमाडौं। १९ औं एसियाली खेलकुदको साइक्लिङमा नेपालका सुरज राना मगर र उषा खनालले निर्धारित दूरी तय गर्न असफल भएका छन्।

सोमबार दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए । योसँगै साइक्लिङमा नेपालको चुनौती समाप्त भएको छ । टोली मंगलबार स्वदेश फर्किंदै छ ।

पुरुषको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोश्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाएका छन् ।

५ ल्यापको प्रतिस्पर्धामा सुरजसँगै फिलिपिन्सका २ तथा दक्षिण कोरिया र यूएईका १–१ खेलाडीले पनि दूरा पार गर्न सकेनन् । चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाए ।

महिलाको २०.५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दै गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी गराए । झेसौ स्पोर्ट्स सेन्टरमा भएको ४ ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन् । यो स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत कब्जा गरे । इरानी खेलाडीले कांस्य हात पारे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved