एसियाली खेलकुद : महिला यु–२३ बास्केटबलमा नेपाल जापानसँग पराजित

नेपालभ्युज

एसियाली खेलकुद : महिला यु–२३ बास्केटबलमा नेपाल जापानसँग पराजित

काठमाडौं। १९औं एसियाली खेलकुदको महिला यु–२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ ।

डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित गरेको हो। नेपालका लागि मीना गुरुङ र गरिशा सिलवालले समान २–२ स्कोर गरे ।

नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् । समूह ‘बी’ मा चाइनिज ताइपेईं र कजाकिस्तान पनि छन् । नेपालले बुधबार काजाकिस्तानसँग तथा ताइपेईंसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved