एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

नेपालभ्युज

एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई
तस्वीर स्रोतः इन्डियन क्रिकेट टीमर/फेसबुक

काठमाडौं। १९औं एसियाली खेलकुदमा भारतले महिला क्रिकेटको उपाधि जितेको छ।

सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई १९ रनले पराजित गरेको हो। ११७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको श्रीलंकाले पूरै ओभरमा ८ विकेटको क्षतिमा मात्र ९७ रन बनायो। श्रीलंकाको लागि हसिनी परेराले सर्वाधिक २५ रन बनाइन्। भारतको लागि तितास साधुले ३ विकेट लिइन्।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११६ रन बनायो। भारतको लागि स्मृति मन्धनाले ४६ र जेमिमाह रोड्रिग्वेजले ४२ रन बनाइन्। श्रीलंकाको लागि उदेशिका प्रबोधनी र सुगन्दिका कुमारीले २–२ विकेट लिए।

आजै, भएको अर्को खेलमा पाकिस्तानलाई ५ रनले पराजित गर्दै बङ्गलादेशले तेस्रो प्राप्त गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved