एमालेको कर्णाली अधिवेशन : कँडेलको टिम सार्वजनिक, बोगटी छलफलमा (सूचीसहित)

केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल समूहको नेतृत्व गरेका कँडेलले अधिवेशन सुरु हुनुभन्दा दुई दिनअघि नै उम्मेदवारको टीम घोषणा गरेका हुन् ।

एमालेको कर्णाली अधिवेशन : कँडेलको टिम सार्वजनिक, बोगटी छलफलमा (सूचीसहित)

सुर्खेत । असोज १० गतेदेखि सुरु हुने एमालेको कर्णाली प्रदेश अधिवेशनबाट चुनिने नेतृत्वका लागि स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहले पदाधिकारीसहितको उम्मेदवारी घोषणा गरेको छ ।

केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल समूहको नेतृत्व गरेका कँडेलले अधिवेशन सुरु हुनुभन्दा दुई दिनअघि नै उम्मेदवारको टिम घोषणा गरेका हुन् ।

कँडेल टिमले कर्णाली अध्यक्षमा गुलावजंग शाह (सल्यान), उपाध्यक्षमा टेकराज पछाई (जुम्ला), सचिवमा ध्रुवकुमार शाही (सुर्खेत), उपसचिवमा रवीन्द्रराज शर्मा, सुशील थापा (दैलेख) र जितबहादुर मल्ल (मुगु) लाई प्रस्ताव गरेको छ ।

पार्टी महासचिव शंकर पोखरेल समूहको नेतृत्व गरिरहेका स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहले भने टिम निर्माणका लागि छलफल गरिरहेको छ । उनको टिमबाट अध्यक्षमा भने मीनबहादुर शाही उठ्ने पक्कापक्की भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved