नेप्सेको घट्ने क्रम जारी, कारोबार रकम १ अर्ब ५६ करोड 

नेपालभ्युज

नेप्सेको घट्ने क्रम जारी, कारोबार रकम १ अर्ब ५६ करोड 

काठमाडौँ । कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५ दशमलव ८९ अंकले घटेर २०० दशमलव ४५ विन्दुमा पुगेको छ । अघिल्लो दिन दोहोरो अंकले गिरावट आएर नेप्से परिसूचक २००१० दशमलव ३५ विन्दुमा पुगेको थियो ।

सोमबार कारोबार रकम पनि घटेको छ । यस दिन २८४ स्टकको ७८ हजार ४२१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ६५ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

त्यस्तै कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९४ अंकले घटेर ३८३ दशमलव ६७ विन्दुमा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved