साफ यू–१९ फुटबल : माल्दिभ्समाथि ४-१ को जितसँगै नेपाल सेमिफाइनलमा

नेपालभ्युज

साफ यू–१९ फुटबल : माल्दिभ्समाथि ४-१ को जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं। साफ यू–१९ फुटबलमा माल्दिभ्सविरुद्ध जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गरेकोे हो।

नेपालको लागि समीर तामाङले २ तथा प्रशान्त लक्षम र निराजन धामीले १–१ गोल गरे। माल्दिभ्सको लागि भने आदम रसिदले गोल फर्काए। १७औं मिनेटमा प्रशान्त लक्क्षमले गोल गर्दै नेपाललाई अग्रता दिलाए। ३०औं मिनेटमा समीर तामाङले अर्को गोल गरेर अग्रता दोब्बर बनाए।

खेलको ५८औँ मिनेटमा रसिदले माल्दिभ्सको लागि गोल गर्दै खेललाई २–१ मा पुर्‍याए। ८८औँ मिनेटमा निराजन धामीले नेपालको लागि तेस्रो गोल गरे। इन्ज्युरी समयमा समीरले नेपालका लागि चौथो गोल गरे।

३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहम्मद इयान हसनले रातो कार्ड पाएसँगै दुवै टोली १० खेलाडीमा सीमित भएको थिए ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved