एसियाली खेलकुद : प्रि-क्वार्टफाइनलमा नेपाली तेक्वान्दो खेलाडी अञ्जली पराजित

नेपालभ्युज

एसियाली खेलकुद : प्रि-क्वार्टफाइनलमा नेपाली तेक्वान्दो खेलाडी अञ्जली पराजित

काठमाडौं। १९ औं एसियाली खेलकुदमा नेपाली तेक्वान्दो खेलाडी अञ्जली तामाङ प्रि-क्वार्टफाइनलमा पराजित भएकी छिन्।

चीनको हान्जाउस्थित लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनिको पहिलो चरणमा अञ्जलीले कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् । पहिलो राउन्डमा अञ्जलीले ७–७ को बराबरी खेले पनि दोस्रो राउन्डमा भने १०–४ जित्न निकाल्न सफल भइन्।

जितसँगै अञ्जली प्रि-क्वार्टरफाइनलमा पुग्न सफल भइन्। यद्यपि, अञ्जली प्रि-क्वार्टफाइनलमा भने थाइल्यान्डकी पानिपक वोङपातान्कितसँग १२–० र १०–० ले पराजित भइन्।

पुरुषतर्फ ५८ केजीमुनिमा भने नेपाली खेलाडी राहुल कुमाल पहिलो चरणमा साउदी नासिर अहमदी रियादसँग ४–१२ र २–० ले पराजित भए। आइतबार भएको तेक्वान्दोको खेलमा पुम्सेमा महिलामा स्वस्तिका तामाङ र पुरुषतर्फ प्रेमबहादुर लिम्बू पराजित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved