एमाले कर्णाली अधिवेशन : अध्यक्षमा कँडेल गुटबाट शाह र बोगटी गुटबाट शाही उम्मेदवार हुने पक्कापक्की

प्रदेश अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही र सल्यानका गुलावजंग शाहबीच टक्टर हुने संम्भावना बढेको हो ।

एमाले कर्णाली अधिवेशन : अध्यक्षमा कँडेल गुटबाट शाह र बोगटी गुटबाट शाही उम्मेदवार हुने पक्कापक्की

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन यहीं असोज १० गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुँदैछ । यहाँ अधिवेशनबाट चुनिने नेतृत्वका लागि आकांक्षा गर्नेहरु धेरै भए पनि अन्तिममा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने सम्भाबना प्रबल छ ।

प्रदेश अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही र सल्यानका गुलावजंग शाहबीच टक्टर हुने संम्भावना बढेको हो ।

अध्यक्षका लागि शाही र शाहले अहिले नेता तथा कार्यक्रतासँग लबिङ गरिरहेका छन् ।

केन्द्रमा एउटै गुटका भए पनि कर्णालीमा स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरखबहादुर बोगटीका गुट सक्रिय छन् । शाह कँडेल टीमबाट र शाही बोगटी टीमबाट अध्यक्षका लागि दाबेदार हुन् ।

शाही राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् । पछिल्लो समय उनी राजनीतिमा उतिसारो सक्रिय छैनन् ।

शाह कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा सल्यानबाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । उनी एमालेको कर्णाली प्रदेशसभाको सचेतक भइसकेका छन् । एमाले पोलिट्युरो सदस्य रहेका उनी कर्णाली प्रदेशको पार्टी अध्यक्ष बन्नका लागि सल्यानबाट प्रदेश प्रतिनिधि बनेका छन् ।

एमालेले प्रदेशहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन निर्णय गरेको थियो । लुम्बिनी प्रदेशमा दुईवटा प्यानलै बनाएर चुनाव भएपछि त्यसको प्रभाव अन्य प्रदेशमा पनि देखिन थालेको छ ।

केन्द्रमा सबैका सर्वमान्य नेता पार्टी अध्यक्ष केपी शर्मा ओली भएपनि तल्ला कमिटीहरुमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट तयार भएको छ । जसको प्रभाव यहाँ पनि परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved