काठमाडौं। १९औं एसियाली खेलकुदमा फेन्सिङमा नेपाली पुरुष खेलाडी राजेन्द्र गजुरेल र पायस योञ्जन पराजित भएका छन्।
पुरुषतर्फ राजेन्द्र पुल थ्रीको पहिलो खेलमा कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२ ले पराजित भए। दोस्रो खेलमा हङकङका जी लोङ आरोन होसागसँग् ५–० ले पराजित भए। तेस्रो खेलमा चिनियाँ खेलाडी यिङ्झुई यानसँग ५–० पराजित भए। पाँचौं खेलमा दक्षिण कोरियाका सान्गुक ओहसँग ५–० तथा छैटौं खेलमा जापानी खेलाडी काइटो स्ट्रिटससँग ५–० ले पराजित भए।
यस्तै, पायास साब्रे इन्डिभिजुअलको पुल वानतर्फ पहिलो खेलमा कजाखस्तानका आर्टयोम सार्किस्यानसँग ५–० ले पराजित भए। दोस्रो खेलमा पायास उज्वेकिस्तानका सर्जोड मामुतोभसँग ५–१ ले पराजित भए। तेस्रो खेलमा साउदी अरेबियका अदेल अल्मुताइरीसँग ५–१ र चौथो खेलमा हङकङका खेलाडी टिन लोसँग ५–० ले पराजित भए। पाँचौं खेलान इरानका सयद अलीसँग ५–१ ले पराजित भए।
Facebook Comment
Comment