सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान। सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २५ वर्षीय चालक भक्तबहादुर घर्ति र गाडी साहु ५० वर्षीय गणेश बुढा रहेका छन् ।

रोल्पाबाट दाङतर्फ तरकारी लैजाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा सोमबार बिहान साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको दुर्घटना भएको थियो ।

जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved