एसियाली खेलका लागि चीन जाने क्रिकेट टोलीको बिदाइ

नेपालभ्युज

एसियाली खेलका लागि चीन जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौं । १९ औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित पदाधिकारीहरूले टोलीको बिदाइ गरेका हुन् । क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो ।

बिदाई कार्यक्रममा प्रमुख बलर सन्दीप लामिछाने भने उपस्थित थिएनन् । सन्दीपविरुद्ध लागेको बलात्कारको मुद्दामा आज पेशी तोकिएको छ ।

नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved