माओवादीको आधार इलाकामा रास्वपाको अभियान

माओवादीको आधार इलाकामा रास्वपाको अभियान

सुर्खेत । माओवादीको आधार इलाकामा रहेको कालीकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभियान चलाउने भएको छ । रास्वपाका सभापति रोल्पा खटिएका बेला महामन्त्री एवं पार्टी प्रवक्ता डा. मुकुल ढकालले कालीकोटको गाउँ-गाउँ पुग्न लागेका छन् ।

नौ स्थानीय तह रहेको कालीकोटमा माओवादी एक्लै पाँच र एउटा बागी गरी नौ स्थानीय तह जितेको छ भने एक संघीय निर्वाचन क्षेत्र रहेको दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेमा एक संघ र एक प्रदेशसभामा माओवादीले जितेको छ । प्रदेश र संघको निर्वाचन हुँदा गठबन्धनका भागका कारणले प्रदेशसभाको एक निर्वाचन क्षेत्रमा कांग्रेसले जितेको छ । ८२ वडा रहेको कालीकोटमा ५४ वडा माओवादीले नै जितेको छ ।

माओवादी आधार इलाका रहेको कालीकोटमा रास्वपा महामन्त्री डा. ढकालले अहिले अभियान लिएर कालीकोटमा माओवादीमाथि रास्वपाले अभियानको हमला सुरु गरेको छ ।

शुक्रबार कालीकोट पुगेका महामन्त्री डा. ढकालले रास्वपाको स्थापना पुराना पार्टीहरू लोकतन्त्र गणतन्त्र र बहुदलीय व्यवस्था ल्याउनका लागि मात्रै स्थापना भएको बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज निर्माणका क्रममा कालीकोटको जनआवाज सुन्न कालीकोट आएको छु ।’ उनले भने,‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले जस्ता पुराना दलहरू विकास निर्माण र अवस्था परिर्वतन गर्न नभई केबल लोकतन्त्र गणतन्त्रको रक्षार्थका निमित्त मात्र स्थापना भएका हुन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टी भनेको सुधारवाद, विकास र समाजवादका निम्ति उदय भएको महामन्त्री डा.ढकालले बताए । ‘अब पुराना पार्टीको समय सकियो ।’ उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टी यो देशमा भ्रष्टाचार अन्त्य गर्नका लागि, विकास गर्नका लागि र नागरिकलाई रोजगारीमा आउने वातावरणको सिर्जना गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ ।’

डा.ढकालले वैज्ञानिक समाजवाद, जनवाद, प्रजातान्त्रिक समाजवाद आउँछ कि भन्ने पर्खाइ र त्यस्ता वादहरूमा आफूहरू फस्न नचाहेको बताए ।

माओवादी भित्रका असन्तुष्ट कार्यकर्ता फकाउने रणनीति

माओवादी आधार क्षेत्र रहेको कालीकोटमा रास्वपाका सभापति रवि लामिछानेले रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल बनाएका थिए । यद्यपि, त्यो अस्पताल बनाउनका लागि विभिन्न दाताहरूको सहयोग नेपाल सरकारसँग पनि पैसा लगिसकेका छन् । अहिले त्यो अस्पताल रास्कोट नगरपालिकाले सञ्चालन गर्दै आएको छ । यो आधारमा पनि कालीकोटमा रास्वपामा जनमत रहेको उसको बुझाइ रहेको छ ।

कालीकोटमा रहेका माओवादीका पूर्व जनमुक्ति सेना, अवसरबाट वञ्चित इमानदार माओवादी कार्यकर्ता, तल्लो स्तरका नेताहरू र माओवादीका भोटर असन्तुष्ट रहेका छन् । यही असन्तुष्टिका बीच माओवादी आधार इलाकामै शीर्ष नेतृत्व पुग्दा यसलाई रणनैतिक रूपमा महत्त्वका साथ हेरिए मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन डा. पिताम्बर ढकालले बताए ।

‘माओवादीको आधार क्षेत्रमा रास्वपाको उपस्थितिलाई केही रणनीतिक महत्त्वका साथ हेरिएको छ ।’ उनले भने,‘माओवादी देखाएका सपना व्यावहारिकरूपमा लागू नहुँदा उसका कार्यक्रतामा निरास रहेका छन् । त्यसलाई नयाँ उदाएको दल रास्वपालाई क्याच गर्न सक्छ ।’

असोज ३ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने उक्त अभियान कर्णाली प्रदेशका कालीकोट र सुर्खेत जिल्ला समेटिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved