ब्राजिलमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा ६ जना मारिए

नेपालभ्युज

ब्राजिलमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा ६ जना मारिए

साल्भाडोर । ब्राजिलमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा ६ जना मारिएका छन् । ब्राजिल प्रहरीले साल्भाडोरमा गरेको कारबाहीमा छ जना संदिग्धको मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै ३० लाख जनसङ्ख्या भएको साल्भाडोर बाहिया राज्यको राजधानी हो । आपराधिक समूहले यो महिना ३० जनाभन्दा बढीको हत्या गरेपछि उक्त समूहविरुद्ध गरिएको कारबाहीमा उनीहरू मारिएका हुन् । आपराधिक गिरोहले हालसम्म ३४ जनाको हत्या गरिसकेका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

शुक्रबार गरिएको सुरक्षा कारबाहीमा सर्वसाधारणको हत्यामा संलग्न केही मारिएका जनाउँदै प्रहरीले हत्यामा संलग्न गिरोहका ४३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताएको छ ।

बाहियाका अधिकांश नगरहरूमा आपराधिक गिरोहले हतियार तथा लागुऔषध तस्करी गर्ने तथा स्थानीयलाई आक्रणको निशाना बनाउँदै आएको छ । ठूला आपराधिक गुटलाई नियन्त्रण गर्न प्रहरीले पनि नियमितरूपमा कारबाही गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved