विश्वकप क्रिकेटको लागि पाकिस्तानी टोलीको घोषणा

नेपालभ्युज

विश्वकप क्रिकेटको लागि पाकिस्तानी टोलीको घोषणा

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले एकदिवसीय विश्वकपको लागि टोली घोषणा गरेको छ।

पीसीबीले शुक्रबार विश्वकप क्रिकेटमा सहभागी हुने १५–सदस्यीय पाकिस्तानी टोलीको घोषणा गरेको हो। हालै सम्पन्न एसिया कप–२०२३ को लागि तयार भएको टोलीमध्ये केवल एक खेलाडी परिवर्तन गरिएको छ। एसिया कपमा भारतविरुद्धको खेलमा घाइते भएका तीव्र गतिका बलर नसिम शाहलाई बाहिर राख्दै पीसीबीले टोली घोषणा गरेको छ।

नसिमलाई चिकित्सकले शल्यक्रिया गर्न आवश्यक भएको बताएपश्चात टोलीमा हसन अलीलाई समावेश गरिएको छ। नसिम भने ३–४ महिनामा रिकभर हुने पीसीबीले जनाएको छ। आगामी महिना भारतमा आयोजना हुने विश्वकपको लागि विकेट किपर मोहम्मद हरिस, स्पिनर अबरार अहमद र तीव्र गतिका जमान खानलाई भने पीसीबीले रिजर्भड प्लेयरको रुपमा राखेको छ।

पाकिस्तानी टोलीः
बाबर आजम कप्तान, शादब खान, अब्दुल्लाह शफिक, फखर जमान, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमान–उल–हक, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वसिम, सल्मान अलि आगा, साउद शकिल, शाहिन शाह अफ्रिदी, उसामा मिर

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved