एसियाली खेलकुद : नेपाल भियतनामसँग पराजित

नेपालभ्युज

एसियाली खेलकुद : नेपाल भियतनामसँग पराजित

काठमाडौं। १९ औं एसियाली खेलकुदमा महिला फुटबलतर्फ नेपाल भियतनामसँग पराजित भएको छ।

चीनको होङ्झाउमा शुक्रबार भएको खेलमा नेपाल भियतनामसँग २–० गोलअन्तरले पराजित भएको हो। भियतनामको लागि फाम हाइ एन र थी बीच थुइले गोल गरिन्।

खेलको ५३ औँ मिनेटमा एनले गोल गर्दै चीनलाई अग्रता दिलाइन्। ६३ औँ मिनेटमा थी बीचले चीनको लागि दोस्रो गोल गरिन्।

पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफ भने सम्हालिन नसक्दा नेपालले २ गोलको क्षति व्यहोर्यो।

अब नेपालले असोज ८ गते जापान र असोज ११ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। जापान विश्वकप विजेता टोली हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved