खसी चोरेर धरौटीमा छुटेका कालु बोका चोरेको आरोपमा फेरि पक्राउ

नेपालभ्युज

खसी चोरेर धरौटीमा छुटेका कालु बोका चोरेको आरोपमा फेरि पक्राउ

काठमाडौं। लमजुङमा खसी बोका चोर्ने ‘सिरियल चोर’ फेरि पक्राउ परेका छन्। खसी चोरी गरेको अभियोगमा साढे दुई महिना अघि पक्राउ परेर धरौटीमा छुटेका ती युवक बोका चोरी गरेको आरोपमा फेरी पक्राउ परेका हुन्।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्व्होलासोथार गाउँपालिका ४, भुजुङका ३४ वर्षीय कालु गुरुङले मध्यनेपाल नगरपालिका ६ का शिरोमणि भट्टराईको २ वटा बोका चोरेको आरोपमा पुन प्रहरीले पक्राउ गरेको छ ।

असोज ३ गते बुधबार रातीदेखि बोका हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा मध्यनेपाल नगरपालिका ५ रिङ्नेको जंगलमा बोका फेला परेको थियो।

आरोपित गुरुङले उक्त बोका बिक्री गर्नका लागि तनहुँको दमौलीतर्फ लैजाँदै गर्दा प्रहरीले पिछा गरेको थाहा पाए पछि उक्त बोकाहरु जंगलमै छाडेर फरार भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved