हुम्लामा खोलाले बगाउँदा एक बेपत्ता

हुम्लामा खोलाले बगाउँदा एक बेपत्ता

सुर्खेत । हुम्लामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । हुम्लाको अदानचुली गाउँपालिका–३ को काठेसेरा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

घर नजिकैको खोला तर्न खोज्दा अन्दाजी ४०-४२ वर्षीय रवि भ्याल बेपत्ता भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए । बुधबार रातिदेखिको अविरल वर्षाले हुम्लाका केही घरखेत र बारीमा समेत क्षति पुर्‍याएको छ ।

निरन्तरको वर्षासँगैको बाढीले कालागाड आसपासका घर टहरा र बाटोघाटोहरू बगाउनुका साथै आवत-जावतमा निकै समस्या भएको वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छन्त्यालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved