पूर्वी चीनमा भीषण आँधी : पाँच जनाको मृत्यु, हजारौं प्रभावित

नेपालभ्युज

पूर्वी चीनमा भीषण आँधी : पाँच जनाको मृत्यु, हजारौं प्रभावित

एजेन्सी। पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भएका हुन् । अधिकारीहरूले  बुधबार दिएको घटनाको विवरणअनुसार सुकियान शहरको ड्याक्सिङ टाउनसिप र नानकाई टाउनसिपमा आँधी साँझ ५ बजेतिर भएको हो ।

स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट ५५ सयभन्दा बढी प्रभावित भएका छन् भने एक हजार छ सय ४६ घरमा क्षति भएको छ । यस्तै, अन्य एक सय ३७ घरमा भने पूर्ण क्षति भएको छ ।

आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ । आँधीबाट चार सयभन्दा बढी विस्थापित भएका छन् । नहरको आपतकालीन व्यवस्थापन विभागले उनीहरूले सहायता सामग्री प्रदान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved