कुटपिटबाट युवकको मृत्यु

नेपालभ्युज

कुटपिटबाट युवकको मृत्यु

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गए राति कुटपिटबाट मकवानपुरको हेटौंडाका २४ वर्षीय सुरेश स्याङताङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर केसीका अनुसार दुई समूहबीच झडप भएको थियो । झडपमा परी तीन जना घाइते भएका छन् । प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको मेडिकल कलेजमा उपचार भइरहको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved