काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १७ नघलमा रहेको टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। बिक्रीका लागि राखेको उत्पादनमा गुणस्तर कायम गरेको नदेखिएको भन्दै महानगरले जरिवाना तोकेको हो।
दिपकराज थपलियाले सञ्चालन गर्दै आएको टिपटप समोसा कम्पनीले बजार व्यवस्थापन तथा अनुगन ऐन २०७७ को दफा २९को अण्ड (उ)बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा ३० को उपदफा १ को खण्ड (ख) बमोजिम २ लाख जरिवना गरेको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा उक्त पसलले बिक्रीमा राखेको दूधबरी बिग्रिएको पाइएको थियो।
महानगरपालिकाले उत्पादनको गुणस्तर कायम गर्न, कर्मचारीको बोली–वचनमा सुधार गर्न, दूग्धजन्य वस्तुको तापक्रम कायम गरेर राख्न र गुणस्तरहीन उत्पादनहरू पसलमा भए वा बजारमा गए फिर्ता ल्याएर नष्ट गर्न निर्देशन दिएको छ।
Facebook Comment
Comment