पूर्व-पश्चिम राजमार्गमा बम पड्कियो, सडकको बीचमै पर्‍यो भ्वाङ

नेपालभ्युज

पूर्व-पश्चिम राजमार्गमा बम पड्कियो, सडकको बीचमै पर्‍यो भ्वाङ

दाङ । दाङमा पूर्व-पश्चिम राजमार्गमा बम पड्किएर भ्वाङ परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार शनिबार राति दाङको राप्ती सोनारी गाउँपालिका-९ ढकारी नजिकैको सडकमा बम पड्किएको हो।

‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। कुनै क्षति भएको छैन,’ डाँगीले भने,‘हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन।’

उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको हो।

अहिले राजमार्गमा सवारी साधन चलिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved