सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनका लागि ५२० प्रतिनिधि छनोट हुने भएका छन् । असोज १० गतेदेखि सुरु हुने अधिवेशनका लागि कर्णालीका १० जिल्लाबाट ५२० जना प्रतिनिधि छानिने भएका हुन् ।
कर्णालीका १० जिल्लाका ७९ पालिकाबाट प्रदेश अधिवेशन प्रतिनिधिहरु सहभागी हुने र त्यसका लागि करिब एक हजार पार्टी सदस्यबाट एकजना प्रतिनिधि छनोट हुने नेकपा एमालेका प्रदेश सचिव टेकराज पछाईले बताए ।
कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट मात्रै १ सय १२ जना प्रतिनिधि छनोट हुन लागेका छन् । सुर्खेत जिल्लामा एमालेका १० हजार ५५८ पार्टी सदस्य छन् । सुर्खेतबाट खुल्लातर्फ ३० महिला, ५६ पुरुष, दलिततर्फ ९ महिला र १८ पुरुष गरी ११२ जना छानिने भएको प्रदेश पार्टी सचिव पछाईले बताए ।
जाजरकोटबाट ७५ जना प्रतिनिधि चयन भएर आउन लागेका छन् । जाजरकोटका ६ हजार ८०० सय पार्टी सदस्य रहेका छन् । खुलाबाट महिला १८, पुरुष ३८ एवम् दलिततर्फबाट ६ महिला र १३ पुरुष प्रतिनिधि छानिने छन् ।
यस्तै, दैलेखबाट खुल्लातर्फ २० महिला तथा ३९ पुरुष छानिनेछन् । दैलेखमा ६ हजार ५५३ पार्टी सदस्य रहेका छन् । दलिततर्फ पाँच महिला र ८ पुरुष गरी ७२ जना चुनिनेछन् ।
कुल २ हजार १७० पार्टी सदस्य रहेको रुकुमपश्चिमबाट २३ जना प्रतिनिधि छनोट हुनेछन् । ६ महिला र १२ पुरुष खुल्लाबाट आउनेछन् भने २ महिला र ३ पुरुष दलिततर्फबाट छानिनेछन् ।
मुगु जिल्लाबाट ३२ जना प्रतिनिधि छनोट हुनेछन् । खुल्ला महिलातर्फ ८, पुरुषतर्फ १७ जना, दलिततर्फ २ महिला र ६ पुरुष गरी जम्मा ३२ जना प्रतिनिधि छनोट हुने छन् । मुगुमा एमालेका ३ हजार ३१ जना पार्टी सदस्य रहेका छन् ।
हुम्लाबाट ४८ जना प्रतिनिधि छनोट भएका छन् । ६ हजार ६६५ जना पार्टी सदस्य रहेका छन् । १३ महिला, २९ पुरुष खुल्लातर्फ, दलिततर्फबाट महिला २ र ४ पुरुष गरी कुल ४८ जना छनोट हुनेछन् ।
कालिकोटबाट ६५ जना प्रतिनिधि छनोट हुनेछन् । कालिकोटमा एमालेका ६ हजार १०३ जना पार्टी सदस्य रहेका छन् । जसमा १६ महिला, ३३ पुरुष खुल्ला, दलिततर्फबाट ५ महिला र १० पुरुष छनोट हुनेछन् ।
जुम्ला जिल्लाबाट ४६ जना प्रतिनिधि छनोट हुनेछन् । जुम्लामा एमालेका ४ हजार ४३३ जना पार्टी सदस्य रहेका छन् । १३ महिला, २५ पुरुष खुल्ला, दलिततर्फबाट २ महिला र ६ पुरुष रहेका छन् ।
डोल्पा जिल्लाबाट ३९ जना प्रतिनिधि आउन लागेका छन् । ११ महिला, २३ पुरुष खुल्लाबाट र ३ पुरुष, २ महिला दलिततर्फबाट प्रतिनीधि छनोट हुनेछन् । डोल्पामा एमालेका ३ हजार ८३६ जना पार्टी सदस्य छन् ।
सल्यानबाट ३८ जना सहभागी हुने भएका छन् । महिलातर्फ ८, पुरुषतर्फ २२ र दलिततर्फ महिला २ र पुरुष ६ जना छनोट हुनेछन् । सल्यानमा एमालेका ३ हजार ५८८ जना पार्टी सदस्य छन् ।
Facebook Comment
Comment