एजेन्सी । भारत प्रशासित जम्मु कश्मीरमा चरमपन्थीसँगको भिडन्तमा भारतीय सेनाका एक कर्णेल, एक मेजर र एक डीएसपी मारिएका छन्।
बुधबार बिहान अनन्तनागको गारोल क्षेत्रमा चरमपन्थीसँगको गोली हानाहानमा १९ राष्ट्रिय राइफल्सका कमाण्डिङ अफिसर र जम्मू कश्मीर प्रहरीका एक मेजर तथा डीएसपी हुमायुन भाट गम्भीर घाइते भएका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार यी अधिकारीहरुको उपचारका क्रममा मृत्यु भएको हो । हुमायुन भट्टको दुई महिनाकी छोरी छिन् । उनी जम्मू कश्मीरका रिटायर्ड आईजीका छोरा हुन्। घाईतेपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हो ।
प्रतिबन्धित प्रतिरोधी मोर्चाले यस आक्रमणको जिम्मेवारी लिएको छ। यो पाकिस्तानको लश्कर-ए-तैयबको सहायक संगठन हो भन्ने विश्वास गरिन्छ।
अधिकारीहरूले विश्वास गर्छन् कि यी उही चरमपन्थी हुन् जसले अगस्ट ४ मा कुलगाममा सेनाका जवानहरूलाई आक्रमण गरी तीन जनाको हत्या गरेका थिए। सेनाले चरमपन्थी विरुद्ध मंगलबार अपरेसन सुरु गरेको भएपनि राती स्थगित भएको थियो ।
उच्च स्थानमा लुकेर बसेको सूचना बिहान प्राप्त भएपछि पुनः कारवाही सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।मेजर र डीएसपी भाट पनि गोली लागेर गम्भीर घाइते भएका छन् ।
Facebook Comment
Comment