वासिङटन । अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले मंगलबार राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन्।
म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएकाे बताएका हुन्। हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको बताए।
रिपब्लिकनहरूले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए।बाइडेनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेकाले सभाले थप अनुसन्धान गर्न निर्देशन दिने बताए।
बाइडेन २०२४ को राष्ट्रपति पदमा निर्वाचनका लागि दौडिरहेका छन्। ८० वर्षीय राष्ट्रपतिमाथि महाअभियोग लगाउन सभामुखले भूमिका नखेले सभामुखबाट हटाउने पार्टीका नेताहरूले धम्की दिएका छन्।
ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरूले भने महाअभियोग राजनीतिक बदलाको रूपमा आएको बताएका छन्।
Facebook Comment
Comment