उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता आज

नेपालभ्युज

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता आज

काठमाडौं। उत्तर कोरियाका नेता किम जोङ्ग उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ।

उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार उनसँग उनका सैन्य प्रमुखसहित वरिष्ठ सरकारी अधिकारीहरू पनि रुस पुगेका छन्। यसअघि, किम र पुटिनबीच सन् २०१९ मा भेटवार्ता भएको थियो।

दुवै नेताबीचको बैठक बुधबार नै हुने सम्भावना रहेको बीबीसीले लेखेको छ। बैठकमा युक्रेनमा जारी युद्धका लागि उत्तर कोरियाको तर्फबाट रुसलाई आवश्यक हतियार उपलब्ध गराउने विषयमा छलफल हुने अनुमान गरिएको छ।

दुई शक्तिशाली देशका प्रमुखबीच हुने भेटवार्ताले अमेरिकासहित पश्चिमी मुलुक भने चिन्तित बनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved