करेन्ट लागेर विभिन्न ठाउँका दुई जनाको मृत्यु

नेपालभ्युज

करेन्ट लागेर विभिन्न ठाउँका दुई जनाको मृत्यु
प्रतीकात्मक तस्वीर।

काठमाडौं। करेन्ट लगेर काठमाडौं र रौतहटमा गरी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३१ शान्तिनगरमा खाजा घर सञ्चालन गरी बस्ने भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राईको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

खाजा घरभित्र लत्रिएको विद्युतको तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, रौतहटको परोहा नगरपालिका-६ भेडियाही टोल बस्ने ४० वर्षीया सुनीता पटेलको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी पटेलको परोहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved