बढे समयमै बैंकको ऋण नतिर्नेहरू, बचतकर्तालाई कस्तो असर पर्छ ?

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा चार प्रतिशतभन्दा माथि पुगेको छ । जबकि, खराब कर्जा पाँच प्रतिशतभन्दा बढी भएमा जोखिमयुक्त स्थिति मानिन्छ ।

बढे समयमै बैंकको ऋण नतिर्नेहरू, बचतकर्तालाई कस्तो असर पर्छ ?

काठमाडौं । पछिल्लो समय आर्थिक संकटका कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जामा वृद्धि भएको छ । अर्थात् आर्थिक मन्दीका कारण समयमै बैंकको ऋण नतिर्नेहरु बढेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा चार प्रतिशतभन्दा माथि पुगेको छ । जबकि, खराब कर्जा पाँच प्रतिशतभन्दा बढी भएमा जोखिमयुक्त स्थिति मानिन्छ ।

चार प्रतिशतभन्दा माथि खराब कर्जा रहेका वाणिज्य बैंकहरूमा हिमालयन बैंक (४.५६ प्रतिशत), कृषि विकास बैंक (४.३५ प्रतिशत) र नेपाल बैंक (४.१६ प्रतिशत) रहेका छन् । गत आर्थिक वर्ष २०७८/७९को तेस्रो त्रैमास (चैत)सम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा अधिकतम तीन प्रतिशत मात्र थियो ।

कुन-कुन बैंकको बढ्यो खराब कर्जा ?

कसरी बढ्यो खराब कर्जा ? 
आर्थिक मन्दीका कारण व्यापार व्यवसाय राम्रोसँग चलेन । जसकारण उद्योगी, व्यापारी तथा व्यवसायीले समयमै ऋण तिर्न नसकेका कारण बंकहरुको खराब कर्जा बढेको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले बताएका छन् । उनका अनुसार व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुत्पादक क्षेत्रमा लगानी गरेकाले पनि बैंकको खराब कर्जामा वृद्धि भएको हो ।

उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले पनि टार्गेट र ग्राहक उत्पादनमा जोड दिँदै फोर्स कर्जा लगानी गर्न थाल्यो र ऋणीहरूले पनि कर्जालाई अनुत्पादक क्षेत्रतिर लगानी गरे, रिस्की क्षेत्रतिर लगानी गरे । त्यसैले, बैंकहरूको खराब कर्जामा वृद्धि भयो ।’

उनले बैंकहरूको खराब कर्जामा वृद्धि भए पनि अहिले आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । उनले भने, ‘गत वर्षहरूमा २ प्रतिशतभन्दा कम हुने गरेको बैंकहरूको खराब कर्जा चालु आर्थिक वर्ष २०७९/८०मा बढेर तीन प्रतिशत भन्दामाथि पुगेको छ तर यो आपत्तिजनक अवस्थाचाहिँ होइन ।’

उनले बैंकका खराब कर्जाहरूलाई घटाउन व्यवसायीहरूले बैंकबाट जुन उद्देश्यले कर्जा लिन्छन् त्यसलाई त्यहीअनुरूप लगानी गर्नुपर्ने र कर्जा समयमा नै तिर्नुपर्ने बताए । उनले व्यवसायीहरूलाई कर्जा लिएर लगानी गरी त्यसबाट नाफा पाउन सक्छु भन्ने भइसकेपछि मात्र कर्जा लिन आग्रहसमेत गरेका छन् ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० मा बैंकहरूको खराब कर्जा अत्यधिक रूपमा बढे पनि यो चिन्ताजनक विषय नभएको वित्तीय विश्लेषक अनलराज भट्टराईले बताएका छन् ।

उनले भने, ‘राष्ट्र बैंकको नियमअनुसार पाँच प्रतिशतभन्दा बढी बैंकहरूको खराब कर्जा भएमा मात्रै निक्षेपकर्तालाई ऋण प्रवाह गर्न नपाउने भन्ने व्यवस्था छ तर गत वर्षको भन्दा चालु आवमा केही बढेको मात्र हो, अवस्था आत्तिनुपर्ने छैन ।’

उनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा यही अनुपातमा बढ्दै जान थाल्यो भने मात्र बैंकहरूको व्यवस्थापनमा समस्या हुने बताए । तर यसले निक्षेपकर्ताको बचतमा कुनै समस्या नहुने उनको दाबी छ ।

बैंकहरूको खराब कर्जा बढेकाले व्यापार व्यवसायमा शिथिलता छाएको भन्दै उनले यसबाट रोजगारीको अवसर सिर्जना, राजस्व सङ्कलन जस्ता विषयमा असर परेको बताए ।

बैंकहरूको खराब कर्जा पाँच प्रतिशतभन्दा बढेमा मात्र बचतकर्ताको निक्षेप संकुचन हुने र निक्षेपकर्तालाई समस्या हुने हुन्छ । तत्काल निक्षेपकर्ताको बचतमा बैंकहरूको बढ्दो खराब कर्जाले कुनै असर नपु¥याएको विश्लेषक भट्टराईको भनाइ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved