सरुवा नपाएपछि विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, काम ठप्प पार्ने चेतावनी

नेपालभ्युज

सरुवा नपाएपछि विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, काम ठप्प पार्ने चेतावनी

काठमाडौं । सरुवा नपाएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग पूरा नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले आन्दोलनस्वरुप आइतबार ३ घण्टा पेन डाउन गरेका छन् । कर्मचारीले संयुक्त रुपमा २५ र २६ भदौ कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

उनीहरुले आफ्नो माग पूरा नभए झन् कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

सुन तस्करी प्रकरणमा कर्मचारीलाई ज्यादा दुःख दिएको ठहरसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved