दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार 

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार 
प्रतीकात्मक तस्वीर

काठमाडौँ । लगातार तीन साताको आइतबार ओरालो लागेको सेयर बजारमा यो साता भने हरियाली भएको छ । भदौ महिनाको तीन वटै साताको आइतबार नेप्से नकारात्मक भएर बन्द भएको बेला यो साताको पहिलो दिन भने नेप्से सकारात्मक भएको हो ।

कारोबारको पहिलो दिन नेप्से परिसूचक १०.२३ अंक बढेर १९४२.६८ विन्दुमा पुगेको छ । त्यसै गरी, यस दिन सेन्सेटिभ इन्डेक्स २.३२ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८२ अंक बढेको छ ।

आज २७६ स्टकको ३३ हजार ६४ पटकको कारोबारमा १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको ४३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved