सवारी दुर्घटनामा मृत्यु भएकाको सामूहिक दाहसंस्कार

ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा

नेपालभ्युज

सवारी दुर्घटनामा मृत्यु भएकाको सामूहिक दाहसंस्कार

बर्दिया। बर्दियाको बेतहनी सामुदायिक वन उपभोक्ता समूहका सात सदस्यको सवारी दुर्घटनामा मृत्यु भएपछि बर्दियाको ठाकुरबाबा नगरपालिकाले आइतबार शोक बिदा दिएको छ ।

भ्रमणबाट फर्किँदै गरेको बस शुक्रबार साँझ बाँकेको शमशेरगञ्जमा दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिकाका ६ जनासहित ७ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-९ का ५ जना र वडा नम्बर ७ का एक जना रहेका छन् । दुर्घटनामा ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू, बसका चालक ठाकुरबाबा-८ का ५५ वर्षीय जुगबहादुर चन्द र गाडीका सहयोगी बारबार्दिया नगरपालिका-७ का ३४ वर्षीय बसन्त कार्कीको मृत्यु भएको थियो ।

मृत्यु भएकाहरूको आइतबार सामूहिक दाहसंस्कार गरिएको छ ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved