माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८ लाख ९६ हजार आवेदकको हात खाली

नेपालभ्युज

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८ लाख ९६ हजार आवेदकको हात खाली

काठमाडौं। माण्डु हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज सेयर बाँडफाँड गर्दै उक्त आवेदकलाई परेको जनाएको हो ।

क्यापिटलका अनुसार कूल आवेदकमध्य ‘लक्की ड्र’मार्फत १ लाख २० हजार ५३२ आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको थियो ।

माण्डु हाइड्रोपावरले सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता सेयर बिक्री खुलाएको थियो । आईपीओमा १० लाख १६हजार ७१४ जनाले आवेदन दिएका थिए । यसमध्ये १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved