चीनसँग चुच्चे नक्साबारे प्रष्ट कुरा राख्न प्रधानमन्त्रीलाई रास्वपाको सुझाव

नेपालभ्युज

चीनसँग चुच्चे नक्साबारे प्रष्ट कुरा राख्न प्रधानमन्त्रीलाई रास्वपाको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसन्न चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे प्रष्टसँग कुरा राख्न सुझाव दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमणमा जानुपूर्व आयोजना गरेको सर्वपक्षीय बैठकमा रास्वपाले यस्तो सुझाव दिएको हो ।

नेपालले जेठ २०७७ मै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा छ ।

यससँगै रास्वपाले विभिन्न सात बुँदे लिखित सुझाव दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved