विकास बोर्डले फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिएन, २९ भदौको रिलिज डेट अनिश्चित

फिल्मको स्क्रिप्टमा भगवत् गीताबारे कुनै सम्बन्ध नराखी व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म–संस्कृतिमाथि आँच पुर्‍याएको उनीहरूको आरोप छ।

नेपालभ्युज

विकास बोर्डले फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिएन, २९ भदौको रिलिज डेट अनिश्चित

काठमाडौं। चलचित्र विकास बोर्डले फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिन अस्वीकार गरेको छ।

केही धार्मिक संघसंस्थाले फिल्मको शीर्षक र विषयवस्तुलाई लिएर विरोध जनाइरहेकाले सेन्सर सिफारिस दिएको हो। ती धार्मिक संघ–संस्थाले फिल्म ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको दाबी गर्दै प्रदर्शन रोक्न माग गरी बोर्डमा निवेदन दिएका थिए।

फिल्मको स्क्रिप्टमा भगवत् गीताबारे कुनै सम्बन्ध नराखी व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म–संस्कृतिमाथि आँच पुर्‍याएको उनीहरूको आरोप छ।

बिहीबार बोर्डको अगुवाइमा फिल्मका निर्माता सुनिलकुमार थापा तथा विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, जगतगुरु आश्रम लगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालका प्रतिनिधिबीच छलफल भएको थियो। छलफल निष्कर्षमा पुग्न सकेन।

निर्माण पक्षले भने आफूहरुले सरकारी निकायको स्वीकृति दिएर फिल्मको शीर्षक राखेको र रोमान्टिक प्रेमकथामा आधारित फिल्म भएकाले धर्ममाथि आँच पु¥याउने कुनै विषयवस्तु नभएको बताउँदै आएको छ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्मबारे विवाद भएपछि दुवै पक्षलाई मिलाएर मात्रै सेन्सर सिफारिसका लागि पठाउन मन्त्रालयले बोर्डलाई पत्राचार गरेको जानकारी दिए।

यही भदौ २९ गते रिलिज हुने तयारीमा रहेको अनिश्चत बनेको छ। फिल्मममा झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको मुख्य भूमिका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved