हाथवे इन्भेस्टमेन्टको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला 

नेपालभ्युज

हाथवे इन्भेस्टमेन्टको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला 

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणहरुको लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता अंकित मूल्यमा ५० रुपैयाँका दरले आइपीओ निष्कासन गरेको जानकारी गराएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोडको १२।५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्कासन गरेको र ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि त्यसै गरी १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन खुल्ला गरेको कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अवधि भदौ २५ गतेसम्म तोकिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved