कुकुरले टोकेको कुरा एक महिनासम्म लुकाएका बालकको मृत्यु, गाउँ नै शोकमा

नेपालभ्युज

कुकुरले टोकेको कुरा एक महिनासम्म लुकाएका बालकको मृत्यु, गाउँ नै शोकमा

एजेन्सी। भारत उत्तर प्रदेशको गाजियाबादमा कुकुरको टोकाइबाट १४ वर्षीय बालकको मृत्यु भएको छ । यो बालकलाई करिब एक महिनाअघि कुकुरले टोकेको थियो तर डरका कारण बालकले बाबुआमालाई जानकारी दिएका थिएनन् ।

समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै भनेको छ कि कक्षा ८ मा अध्ययनरत शाहवाजको सोमबार साँझ मृत्यु भएको हो । उनको मृत्युले गाउँ नै शोकमा डुबेको छ ।

यसको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

रेबिज हुन थालेपछि सेप्टेम्बर १ मा उनले असामान्य व्यवहार गर्न थालेका थिए। परिवारले प्रश्न सोध्दा शाहवाजले आफूलाई छिमेकीको कुकुरले टोकेको बताए ।

परिवारले शाहवाजलाई उपचारका लागि दिल्लीको सरकारी अस्पतालमा लगे तर उनलाई त्यहाँ भर्ना गरिएको थिएन। शाहवाजलाई अन्ततः आयुर्वेदिक उपचारका लागि बुलन्दशहर लगिएको परिवारले प्रहरीलाई बताएको छ ।

तर बुलन्दशहरबाट गाजियाबाद फर्कने क्रममा एम्बुलेन्समै बालकको मृत्यु भएको थियो ।

कोतवाली क्षेत्रका एसीपी निमिश पाटिलले यस विषयमा उजुरी दर्ता भएको र कुकुरको मालिकलाई कारबाही गरिने बताएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved