चीनको ‘ग्रेटवाल’ भत्काएको आरोपमा दुईजना पक्राउ

नेपालभ्युज

चीनको ‘ग्रेटवाल’ भत्काएको आरोपमा दुईजना पक्राउ

चीनको विशाल पर्खाल ‘ग्रेटवाल अफ चाइना’ भत्काएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

उत्तरी शान्क्सी प्रान्तमा उत्खनन्‌यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क सीएनएनले जनाएको छ ।

राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार याङकियानहे टाउनसिपमा पर्खालमा ठूलो खाडल खनिएको युयु काउन्टीका अधिकारीहरूले अगस्ट २४ मा जानकारी प्राप्त भएको बताएका छन् ।

यो घटनामा सुरक्षा अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved