एसिया कप क्रिकेट

भारतसँग हार्दा पनि नेपालको प्रशंसा

नेपाल भारतसँग दस विकेटले पराजित पनि भयो । तर नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व क्रिकेटमा आफ्नो छवि उच्च पारेको छ ।

नेपालभ्युज

भारतसँग हार्दा पनि नेपालको प्रशंसा

काठमाडौं ।  एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन ।

नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस विकेटले पराजित पनि भयो । तर नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व क्रिकेटमा आफ्नो छवि उच्च पारेको छ ।

भारतीय कप्तान रोहित शर्माले टस जितेपछि आफ्ना बलरहरूलाई अभ्यास हुने भन्दै नेपाललाई ब्याटिङका लागि निम्ता दिए । नेपालले पहिले ब्याटिङ गरेर ४८.१ ओभरमा २ सय ३० रन बनायो । जुन श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पिचमा चुनौतीपूर्ण लक्ष्य थियो ।

भारतले जवाफमा २ ओभर १ बलमा बिना विकेटको क्षतिमा १७ रन बनाउँदा वर्षाले खेल रोकियो । त्यसपछि भारतले डकवर्थ लुइसको नियम अनुसार २३ ओभरमा १ सय ४५ रन बनाउनुपर्ने संशोधित लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा बिना विकेटको क्षतिमा १४७ रन बनाएर लक्ष्य हासिल ग-यो ।

यस नतिजाले भारतलाई समूह ए उपविजेताको हैसियतमा सुपर फोरमा पु-यायो भने नेपाल घर फर्कने भएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो । भारत र पाकिस्तान बिचको खेल पनि वर्षाले रद्द भएपछि दुवै टिमले अङ्क बाँडेका थिए ।

नेपालको उल्लेखनीय ब्याटिङ

पहिलो खेलमा पाकिस्तानविरुद्ध कमजोर ब्याटिङ गरेको नेपाल अर्को विश्वस्तरीय बलिङ आव्रmमणमा धराशायी हुने संशय थियो । तर नेपाली ब्याट्सम्यानहरूले भारतको तेज र स्पिन बलिङ आक्रमणमा प्रशंसालायक ब्याटिङ गरे ।

पहिलो पावर प्लेमा भारतविरुद्ध नेपाल नै हाबी थियो । नेपालले दस ओभरमा एक विकेटको क्षतिमा ६५ रन बनाएर पहिलो पावर प्ले सकायो । पहिलो पावर प्लेको अन्तिम ओभरमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल शार्दूल ठाकुरको बलिङमा विकेटकिपर इशान किशनद्वारा क्याच आउट भए । यद्यपि भुर्तेलले आउट हुनुअघि २५ बलमा ३८ रनको विस्फोटक पालि खेलेर सबैको मन जिते । उनको पालिमा तीन चौका र दुई छक्का सामेल थियो ।

यस पालिको दौरान भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय व्रिmकेटमा एक हजार रन पूरा गरे । भुर्तेलको एकदिवसीय अन्तर्राष्ट्रिय रन १०३२ मा पुगेको छ । नेपालका लागि एक हजार रनको कोसेढुङ्गामा छुने भुर्तेल रोहित पौडेल र आसिफ सेखपछि तेस्रो ब्याट्सम्यान हुन् ।

अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखको ब्याटिङ पनि उत्तिकै सम्झन लायक रह्यो । आसिफ ९७ बल खेलेर आठ चौकासहित सर्वाधिक ५८ रन बनाएपछि मोहम्मद सिराजको बलिङमा विराट कोहलीद्वारा क्याच आउट भए। यद्यपि भारतविरुद्ध बनाएको रन आसिफको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा दशौँ अर्धशतक भएको छ ।

यसअघि कोहलीले नै आसिफलाई एक रनमा जीवनदान दिनुभएको दिएका थिए। सो बेला अभाग्यशाली बलर सिराज नै थिए ।

आसिफ मात्र होइन भुर्तेलले पनि भारतीय टिमको खराब फिल्डिङको भरपुर फाइदा उठाएका हुन् । मोहम्मद सामीको पहिलो ओभरमा अन्तिम बलमा भुर्तेलको क्याच पहिलो स्लिपमा श्रेयर एयरले छोडेका थिए । दोस्रो ओभरको पहिलो बलमा आसिफ सेखलाई विराट कोहलीले जीवनदान दिए । सो समय मोहम्मद सिराज अभागी बलर थिए । यसै गरी पाँचौँ ओभरमा भुर्तेललाई भारतीय विकेटकिपर इशान किशनले जीवनदान दिएका थिए ।

आसिफ आउट हुनुअघि नेपालले भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई फटाफट गुमाएको थियो । स्पिनर रवीन्द्र जडेजाले सङ्कटमा रहेको भारतलाई खेलमा फर्काएका थिए । जडेजाले भीम (७ रन), रोहित (५) र कुशल (२) लाई आउट गरेर नेपालको मध्यक्रम धराशायी पारेका हुन् ।

तर नेपाली ब्याट्सम्यानले पाकिस्तानविरुद्धको खेलमा जस्तो हिम्मत हारेनन् । नेपाली ब्याट्सम्यानको मनोवृत्ति सुरुदेखि अन्तसम्म निकै सकारात्मक रह्यो । विकेट लगातार निस्किए पनि सट खेल्न छोडेनन् ।

अलराउन्डरहरू सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले १४४ रनमै छ विकेट गुमाएको नेपालको पालिलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए । सोमपाल दुई रनले अर्धशतक बनाउनबाट चुके । सोमपाल ४८ रनमा छँदा तेज बलर मोहम्मद सामीको सिकार बने। उनको पालिमा एक चौका र दुई छक्का सामेल थियो ।

दीपेन्द्रले भारतका उपकप्तान हार्दिक पान्ड्याको बलिङमा एलबिडब्ल्यू आउट हुनुअघि २५ बलमा तीन चौकासहित २९ रनको महत्वपूर्ण पाली खेले । १७ वर्षीय गुल्सनले पनि २३ रनको उपयोगी पालि खेले । गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved