सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने आशामा तुषारापात भयो : कांग्रेस नेता केसी

नेपालभ्युज

सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने आशामा तुषारापात भयो : कांग्रेस नेता केसी

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ कि भन्ने आशामा तुषारापात भएको बताएका छन् ।

सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरुलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको बताएका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारको फाइलहरु खुल्ने र कारबाही नभइ बन्द हुनेहुँदा झन् शंका बढेको बताए ।

सांसद केसीले मुलुकमा सामाजिक सद्भाव बिलोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

भ्रष्टाचार नियन्त्रणका लागि विगतमा बनेका आयोगहरुको सुझाव कार्यान्वयन नभएकाले अब बन्ने आयोगले पनि केही काम गर्ला भनेर अपेक्षा गर्न सकिने अवस्था नरहेको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved