एमालेको लुम्बिनी अधिवेशन : अध्यक्ष र सचिवमा दुई-दुई जनाको उम्मेदवारी, अरु को-को भिड्दैछन् ?

सहमतिको प्रयास असफल भएपछि सुरु भएको निर्वाचन प्रक्रियामा पाँच पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ ।

नेपालभ्युज

एमालेको लुम्बिनी अधिवेशन : अध्यक्ष र सचिवमा दुई-दुई जनाको उम्मेदवारी, अरु को-को भिड्दैछन् ?

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि चुनावी प्रक्रिया जारी छ । जसअनुसार उम्मेदवारी मनोनयन प्रक्रिया सकिएको छ । एमालेका अनुसार यहाँ आजै तीन बजे निर्वाचन समय तोकिएको छ ।

सहमतिको प्रयास असफल भएपछि सुरु भएको निर्वाचन प्रक्रियामा पाँच पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ ।

सचिवमा दाङका लक्ष्मण आचार्य र सोमनाथ सापकोटाको उम्मेदवारी परेको छ ।

कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

त्यस्तै उपसचिव खुलामा उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी–बाँके, पूर्ण बुढामगर–रोल्पा र हिरा एसी–गुल्मीको उम्मेलदवारी परेको छ भने महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी परेको एमालेले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved