जब डाक्टरले अपरेशन गर्दा कपडा शरीरभित्र छाडे

नेपालभ्युज

जब डाक्टरले अपरेशन गर्दा कपडा शरीरभित्र छाडे

काठमाडौं । जनकपुरको एक अस्पतालमा कार्यरत चिकित्सकले अपरेशन गर्दा बिरामीको शरीरभित्रै कपडाको टुक्रा छाडेर टाँका लगाएको पाइएको छ । जनकपुरस्थित नवजीवन हस्पिटलमा घुँडाको अपरेशन गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइएको हो ।

महोत्तरीको भंगहा नगरपालिका–९ का ३० वर्षीय मन्दीप यादवको घुँडाको अपरेशन गर्दा शरीरभित्रै कपडा छाडेको भेटिएको हो ।

मोटरसाइकल दुर्घटनामा यादवको घुँडामा चोट लागेको थियो । चोट लागेको ठाउँमा दुख्न थालेपछि उनी अस्पताल गएका थिए ।

शल्यक्रियापछि पनि दुख्ने र घाउबाट पिप आउने भएपछि यादवको घाउभित्र कपडा भेटिएको थियो ।

नवजीवन हस्पिटलका म्यानेजर सञ्जीव साहले आफ्नो हस्पिटलमा बिरामीको दुईपटक शल्यक्रिया भएको बताए । तर बिरामी डिस्चार्ज भएर गएपछि पुनः समस्या हुँदा सम्पर्कमा नआएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved