भारतको ओडिसामा चट्याङ लागेर दश जनाको मृत्यु, तीन घाइते

नेपालभ्युज

भारतको ओडिसामा चट्याङ लागेर दश जनाको मृत्यु, तीन घाइते
सांकेतिक तस्वीर

नयादिल्ली । भारतको ओडिसा राज्यका ६ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्यु भएको छभने अन्य तीन जना घाइते भएका छन् ।

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ ।

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved