पेप्सीकोला दुर्घटना अपडेट: घाइते १४ जनाको सिभिल र मदरल्याण्डमा उपचार हुँदै

नेपालभ्युज

पेप्सीकोला दुर्घटना अपडेट: घाइते १४ जनाको सिभिल र मदरल्याण्डमा उपचार हुँदै
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौँको पेप्सीकोलामा बिहान सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको बसले बोलेरो र गाडी र स्कुटरलाई ठक्कर दिएको थियो।

क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घका बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडी बिहान पौने ८ बजे एकआपसमा ठोक्किएको थियो।

दुर्घटना हुँदा १४ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए।
दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो।

घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved