महिला क्रिकेट : बराइनमाथि नेपालको १० विकेटको जित

नेपालभ्युज

महिला क्रिकेट : बराइनमाथि नेपालको १० विकेटको जित

काठमाडौं। महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई फराकिलो अन्तरले हराएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले आज बहराइनलाई १० विकेटले पराजित गरेको हो।

३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा पुरा गर्यो। नेपालका लागि कविता कुँवरले अविजित १७ र सीता राना मगरले २ रन जोडे। नेपालले १३ रन अतिरिक्त पाएको थियो ।

पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमा अलआउट भयो । इन्दु बर्माले ३, खुशी डंगोलले २ तथा कविता कुँवर, पुजा महतो र रुबिना क्षेत्रीले १–१ विकेट लिएपछि बहराइन सस्तैमा आउट भएको थियो ।

बहराइनका लागि दीपिका रसङ्गिकाले सर्वाधिक ११ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved