दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आगलागी, १२ बालबालिकासहित ७४ जनाको मृत्यु

नेपालभ्युज

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आगलागी, १२ बालबालिकासहित ७४ जनाको मृत्यु

एजेन्सी। दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक भवनमा भएको आगलागीमा कम्तीमा ७४ जनाको ज्यान गएको छ ।

जोहानेसबर्गको एक पाँच तले भवनमा आगलागी हुँदा ७४ जनाको ज्यान गएको र ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमा १२ जना बालबालिकासहित केही अग्नि नियन्त्रक पनि रहेका छन् ।

जोहानेसबर्ग आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउजीले आफ्नो २२ वर्षे जागिरको सिलसिलामा यस्तो भयङ्कर आगलागी कहिल्यै नदेखेको बताएका छन् ।

आगलागीको कारण भने खुलेको छैन । देशमा शेकको घोषणा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved