एक बोतल ‘कोल्ड ड्रिंक’ मा कति चिनी हुन्छ ?

नेपालभ्युज

एक बोतल ‘कोल्ड ड्रिंक’ मा कति चिनी हुन्छ ?

एजेन्सी। कुनै पनि चिसो पेय पदार्थहरूमा एक बोतलमा कति मात्रामा चिनी हुन्छ भनेर त्यो ब्रान्डले बनाएको आधारमा पनि निर्भर हुन्छ । तर, सामान्यतः हेर्ने हो भने ३५५ मिलिलिटर एउटा सोडाको बोतलमा करिब ३९ ग्राम चिनी हुन्छ । यसलाई तपाईंले यसरी बुझ्न सक्नुहुन्छ, एक बोतल चिसोमा ९ देखि १० चम्चा चिनी हुन्छ । यसले नै तपाईं अनुमान लगाउन सक्नुहुन्छ कि, तपाईं दैनिक कोल्ड ड्रिंक सेवन गर्नुहुन्छ भने तपाईंको स्वास्थ्यमा चिनीको कस्तो असर पर्छ ?

चिनीको कारणले कुनै प्रकारको स्वास्थ्य समस्या नहोस् यसका लागि तपाईं दैनिक कोल्ड ड्रिंक पिउन बन्द गर्नुपर्छ । यसले तपाईंलाई मोटोपन, मधुमेहजस्ता गम्भीर समस्याहरूको शिकार बनाउन सक्छ । त्यसैले, चिनी एकदमै सीमित मात्रामा सेवन गर्नुपर्छ । कोल्ड ड्रिंकलाई आफ्नो खानपान बाटै निकाल्दा पनि फरक पर्दैन ।

दैनिक चिसो पेय पदार्थ पिउँदा हुने नोक्सान

– दैनिक यस्ता चिनीले भरिपूर्ण पेय पदार्थहरु पिउँदा तपाईंको तौल बढ्ने अत्यधिक सम्भावना हुन्छ । जति तपाईं मोटोपनको शिकार हुनुहुन्छ त्यति नै तपाईंलाई अन्य स्वास्थ्य समस्याहरू पनि निम्तिन थाल्छन् ।

– यदि, दैनिक यस्तो पेय पदार्थहरू पिउँदा टाइप २ डायबिटिज हुने खतरा एकदमै धेरै हुन्छ । कोल्ड ड्रिंकले गर्दा रगतमा एकदमै छिटो चिनीको स्तर बढ्छ जसले गर्दा मधुमेहको समस्या हुन्छ ।

– त्यस्तै, यसले मुटुसम्बन्धी समस्याहरूको खतरा पनि बढाउँछ । यसले ट्राइग्लिसराइड्स, एलडीएल कोलेस्ट्रोल तथा रक्तचापको स्तर बढ्छ । यी सबै बढ्नु भनेको मुटुको स्वास्थ्यका लागि घातक हुन्छ ।

– त्यस्तै, दैनिक धेरै चिनी भएका पेय पदार्थहरू पिउँदा दाँतसम्बन्धी समस्या पनि हुन सक्छ । यसले दाँतहरू सड्ने तथा क्याबिटीको समस्या हुन्छ ।

– त्यस्तै, दैनिक रुपमा यस्ता पेय पदार्थ पिउँदा फ्याटी लिवरको समस्या पनि देखिन सक्छ । यसमा अल्कोहल त हुँदैन, तर पनि फ्याटी लिवरको समस्यामा यो पनि जिम्मेवार हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved