आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु

नेपालभ्युज

आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु

जोहानेसवर्ग। दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव फेला परेको तथा ४३ जना घाइते भएका छन् ।

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved