एजेन्सी। जापानका प्रधानमन्त्री फुमियो किशिदाले फुकुसिमाको पानीबाट झिकेर ल्याएको माछा खाएका छन् ।
उनले अत्यन्तै स्वादिष्ट मान्दै माछा खाएको जापानी सरकारले जारी गरेको भिडियोमा देखिएको छ । जापानले फुकुसिमा आणविक प्लान्टको १० लाख टन विषाक्त पानी समुन्द्रमा छाडेपछि देशभित्र र बाहिर चर्को विरोध भइरहेको छ ।
फुकुसिमाको पानीमा रेडियो विकिरण छैन र पानी विषालु छैन भन्ने सन्देश दिन प्रधानमन्त्रीले माछा खाएका हुन् ।
सन् २०११ फुकुशिमा आणविक पग्लनबाट रोक्न १० लाख टन पानीको प्रयोग भएको थियो त्यही पानी अहिले जापानले समुन्द्रमा छाडेको हो ।
संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा नियामकले पानीको गुणस्तर सुरक्षित रहेको र यसले मानिस र वातावरणमा नगण्य प्रभाव पार्ने बताएको छ।
तर जापानको माछाको प्रमुख क्रेता चीनले उपभोक्ताको स्वास्थ्यको चिन्ताको कारणले जापानको समुद्री खानामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
Facebook Comment
Comment