सर्रे अम्बासमा एमालेको सचिवालय बैठक सुरु

नेपालभ्युज

सर्रे अम्बासमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमा नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

बैठकमा पार्टीको मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने र केन्द्रीय कमिटी बैठकको पनि मिति तय गर्ने नेताहरुले बताएका छन् ।

मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले उक्त ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर एमालेले ऐतिहासिक राष्ट्रिय महत्व राख्ने सहिद स्तम्भको समेत शिलान्यास गर्ने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved