उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेङ्गु संक्रमणका कारण मृत्यु भएको छ ।
रौतामाई गाउँपालिकाका अनुसार डेङ्गु संक्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर रहेकी छन् । डेङ्गु सङ्क्रमण भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा जाँच गराएको र अस्पतालले अन्यत्र रिफर गरेपछि उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।
उपचारका क्रममा नै सोमबार सुमित्राको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए । मृतक सुमित्राको ४२ दिनकी छोरी छन् । सोमबार उनको मगर संस्कारअनुसार अन्त्येष्टि गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्ममा जिल्लामा झण्डै एक हजारको सङ्ख्यामा डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् भने दुईको मृत्यु भएको छ ।
Facebook Comment
Comment