केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सोविता गौतमको पनि आपत्ति

नेपालभ्युज

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सोविता गौतमको पनि आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसदमा पेस गरिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

सरकारले ८१ वटा ऐनहरु आकर्षित हुने उक्त विधेयक सांसदहरुलाई पढ्ने मौकासमेत नदिइ खिचडीजस्तो बनाएर संसदमा पेस गरिएको भन्दै आलोचना गरेकी हुन् ।

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ यसरी जस्ताको तस्तै प्रस्तुत हुनु हुँदैन भनेर मैले यही रोष्टमबाट कारणसहित भनेको थिएँ’, उनले भनिन्, ‘यो विधेयक जस्ताको तस्तै प्रस्तुत हुनु भनेको नेपालको संसदीय इतिहासमा एउटा दुभाग्यपूर्ण त्रुटि हो ।’

सांसद गौतमले उक्त विधेयक अध्ययन गरेर ७२ घण्टा भित्र सांसदहरुले संशोधन हाल्न नसक्ने पनि बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved